डा केसी र सरकारी टोलीको वार्ता निष्कर्षविहिन ,भोली फेरी वस्ने

प्रकाशित मिति:

काठमाडौं– चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि २५ दिनदेखि अनशनरत डा गोविन्द केसी पक्षधर र सरकारी टोलीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। मंगलबार साँझ शिक्षा मन्त्रालयमा बसेको बैठक राति ९ बजे सकिएको छ। बैठकमा समग्र विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्केन। दुबै पक्षले आ–आफ्ना कुराहरु राखेको सरकारी टोलीका एक सदस्यले जानकारी दिए। डा। केसीले उठाएका मुल बुँदामा छलफल गर्न भोलि पुन वार्ता हुनेछ।