सुबिन भट्टराईले फिल्म निर्देशन गर्ने

२५ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
11 Shares


पछिल्लो समय युवा पुस्तामाझ छाउन सफल लेखक सुबिन भट्टराईले चलचित्र निर्देशन गर्ने भएका छन् ।नव युवा पुस्ता माझ समर लभ, साया, प्रिय सुफी, मनसुन जस्ता पुस्तक ल्याएर लोकप्रिय बनेका सुबिनले अब लेखनसँगै फिल्म निर्माणमा लाग्ने बताएका हुन् । यसअघि उनले सृजना गरेको कृति समर लभमा आधारित फिल्म ‘समर लभ ‘बनिसकेको छ । फिल्म माघ २५ गते शुक्रवार फिल्म रिलिज हुँदैछ ।

त्यसो त नेपालमा अहिले सम्म बनेका कृतिमाथि आधारित भएर बनेका अपवाद बाहेकका फिल्मले पुस्तकलाई न्याय गर्न नसकेको देखिन्छ ।पुस्तकलाई जुन रुपमा मन पराइंदै आएको हुन्छ त्यसै कथामा फिल्म बन्दा फिल्मले औसत मात्र ब्यापार गर्ने ट्रेन्ड बसेको देखिन्छ ।कृतिमा आधारित फिल्म ‘झोला’ले मात्र पुस्तकको मर्म मर्न नदिएको र जिवन्त बनाइएको कारण दर्शकको मन जित्न सफल रहेको समालोचकहरु बताउँछन् ।

सोमवार फिल्म ‘समरलभ’को विशेष शोका बिच पत्रकारहरुसँग बोल्दै लेखक सुबिनले फिल्म ‘समर लभ’ पुस्तक अनुरुपनै बग्न सफल रहेको बताए ।उनले फिल्मले पुस्तकको मर्मलाई मर्न नदिएको र न्याय गरेकोप्रति खुसी ब्यक्त गरे । उनले फिल्मले पुस्तकको साख जोगाउलाकि नजोगाउला भन्ने चिन्ता रहेकामा फिल्म हेरेपछि आत्मविश्वास बढेको बताउँदै फिल्म हेरिरहँदा इमोसनल पाटोमा आँखा रसाएको समेत बताए । फिल्म ‘समर लभ’मा सायाको भूमिकामा रेवती क्षेत्री र अतितको भूमिकामा आशिष पिया रहेका छन् ।

सुबिनले फिल्म निर्देशन गर्ने चाहना रहेको र समयले साथ दिएमा त्यो चाहना चाँडै पुरा गर्ने र चलचित्र निकटका साथीहरुमाझ हिमचिम बढ्दै गएको र यसले फिल्म क्षेत्र बुझ्न सहयोग गर्नुका साथै आकर्षित गरेके बताए । निकट भविश्यमा लेखन र फिल्म निर्देशनलाई सँगै लैजाने प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया