शुक्रवारको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको २५ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको तृतीया तिथि विहान ७.४९ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा १२.५५ बजेसम्म रहनेछ । आज शिव योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६.४९ मा छ भने सूर्यास्त बेलुका ५.४८ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् । आज शुक्रबार इन्द्रायणी भगवतीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।