नायक नायिकाका छोराको पनि चर्चा

प्रकाशित मिति:

सामाजिक सञ्जालमा लोकप्रिय स्टार किड तैमूर अली खान पुनः एकपटक एक फरक शैलीमा सञ्चारमाध्यममा छाएका छन् । पहिलोपटक तैमूर अली खान यस्तो पहिरनमा देखिएका हुन् । उनको फोटो इन्टरनेटमा छाएको छ । उनले लगाएको ड्याशिकी प्रिन्ट भएको सर्ट धेरैले मन पराएका थिए । यी कपडाको साथमा उनले चस्मा पनि लगाएका थिए । यो क्रममा उनले पहिलोपटा मिडियालाई वेवास्ता गर्दै अघि बढेका थिए ।उनीसँग उनकी आमा करिना कपुर खान र पिता सैफ अली खान पनि थिए । तैमूरको अफ्रिकी ड्याशिकी सर्टको मूल्य २ हजारदेखि ३५ सयसम्मको रहेको बताइएको छ ।केही समयअघि सार्वजनिक भएको विवरणअनु्सार तैमूरको रेखदेख गर्ने माहिलाको तलब नै देशका प्रधानमन्त्रीको भन्दा बढी रहेको बताइएको थियो । बलिउडका स्टार आमाबाबुले तैमूरलाई सकेसम्म कुनै पनि कुराको कमी नहोस् भन्नेमा विशेष ध्यान दिने गरेका छन् ।