टाइगर श्रफलाई अभिनेत्री पाउनै मुश्किल

२५ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
169 Shares


अभिनेता टाइगर श्रफ र दिशा पाटनी अभिनित फिल्म ‘बागी २’ गत वर्षको सुपरहिट फिल्म हो । अब यस वर्ष निर्माण हुने फिल्म ‘बागी ३’ का लागि भने अभिनेता टाइगर श्रफका लागि अभिनेत्री को हुनेछिन् भन्ने कुराको टुंगो लाग्न सकेको छैन ।

टाइगर श्रफको धमाकेदार एक्सन रहने यस फिल्मका लागि निर्माताहरु अगाड देखि नै अभिनेत्रीको खोजीमा रहेका छन् । सुरुमा यस फिल्मको तेस्रो पार्टमा पनि अभिनेत्री दिशा पाटनी र टाइगर श्रफकै जोडी हुने कुराको चर्चा थियो । तर पछि दिशा पटानी नभई यस फिल्मको पहिलो भागमा अभिनय गरिसकेकी अभिनेत्री श्रद्धा कपूरलाई चुनिएको भन्ने चर्चा चल्यो । पछि श्रद्धा कपूर पनि यस फिल्ममा नरहेको कुरा सार्वजनिक भयो ।

केही दिनअघि मात्रै सुपरहिट फिल्म ‘सिम्बा’ की अभिनेत्री सारा अली खान टाइगरको जोडी बन्ने बताइयो तर सारा अली खान पनि फिल्म ‘सिम्बा’ पछि फिल्म छनौटको कुरामा निकै सतर्क भइसकेकी छिन् ।उनले अब अभिनेताको तुलनामा अभिनेत्रीको भूमिका छोटो हुने फिल्ममा काम गर्न अस्वीकार गरिदिइन् । फिल्म ‘सिम्बा’ मा अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको थियो भने सारा अली खानको भूमिका निकै नै छोटो थियो । फिल्म ‘बागी ३’ मा पनि टाइगर श्रफको मात्रै दमदार भूमिकामा देखाइने भएकै कारण साराले यस फिल्ममा काम गर्न मानिनन् ।

खबरहरुका अनुसार फिल्म निर्माताहरु अझै यस फिल्मकी अभिनेत्री को हुनेछिन् भन्ने कुराको निष्कर्षका पुगेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश