चलचित्र ‘क्याप्टेन’ को जापान रिलिज मिति तोकियो

प्रकाशित मिति:

लामो समयदेखि चर्चामा रहेको अनमोल केसीको फिल्म ‘क्याप्टेन’ फागुन १७ बाट हलमा लाग्दैछ । निकै प्रतिक्षीत फिल्मको जापान प्रर्दशन मिति पनि तय भइसकेको छ ।दर्शकले निकै प्रतिक्षा गरेको फिल्मबाट अनमोलले के कति स्थान पाउदैछन् भन्ने कुरा प्रर्दशन पछि नै थाहा हुनेछ । स्टार अभिनेताबाट निर्माता बनेका भुवन केसीले फिल्मलाई अन्तर्राष्टिय प्रर्दशनका लागि बिक्री गरिसकेका छन् ।

फिल्म नेपाल प्रदर्शनपछि मार्च १७ मा जापानको टोकियोमा रिलिज हुने भएका आयोजक संस्था स्टिनी क्रियशनले जानकारी दिएको छ ।दिवाकर भट्टराईद्धरा निर्देशित चलचित्र ‘क्याप्टेन’ ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकारहरूलाई स्थान दिइएको छ ।चलचित्रमा अनमोल, उपासना र प्रियंकाका अलावा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रका निर्माता भुवन केसी हुन् ।

‘क्याप्टेन’ को लेखक निर्देशक दिवाकर स्वयं हुन्, भने पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादन दिर्घ खड्काको रहेको छ ।