अक्सफोर्ड माविले गर्यो पुरस्कार वितरण कार्यक्रम

२५ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


झविन्द्र देवकोटा  बुटवल, २५ माघ । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले शुक्रबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । विद्यालयले गत वर्षको शैक्षिकसत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय समिति रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले शैक्षिक कृयाकलापमा निजी क्षेत्रको योगदान उदाहरणीय भएको उल्लेख गर्दै निजी शैक्षिक संस्थाको विकासमा सबैको ध्यान पुग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा समाजिक विकास मन्त्रालय प्रदेश ५ शिक्षा महाशाखा प्रमुख मित्रमणि खनाल, राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सहायक क्याम्पस प्रमुख भुपाल शर्मा, विद्यालयका सहायक प्रिन्सिपल मोहन खनाल क्षेत्री, शिक्षक चिरन्जीवि सापकोटा, रिता पाण्डे लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल दिनेश भुषालले शैक्षिक गुणस्तरीयता र सुधारका लागि शैक्षिक कृयाकलापलाई वृद्धिगर्दै बुटवल क्षेत्रकै नमुना विद्यालय बनाउने अभियानमा विद्यालय रहेको बताउनुभयो । कक्षा १ देखि १० सम्म उत्कृष्ट बनेका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजाति तथा संस्कृतिसँग जोडिएका साँस्कृतिक प्रस्तुति देखाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया