घिउ मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट

प्रकाशित मिति:

काठमाडौं । नेपालको गाउँमा घिउ सर्वसुलभ पाइने चिल्लो पदार्थ हो । शहरी क्षेत्रमा गाउँमा कृषि पेशामा लागेका किसानहरुसँग घिउको भण्डार हुन्छ । तर , हामीसँग भएको स्रोत साधनको सही प्रयोग गर्न नजानेर हाम्रो जीवनमा समस्या हुने गर्दछ । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पुर्याउछ । घिउ खाएमा अनेक फाइदा मिल्छन् । घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ । कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ । यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ ।

जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ । घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ । यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ । घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ । घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ । घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पुयाउँछ । घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ । एजेन्सी