ब्राजिलकोे फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

प्रकाशित मिति:

ब्राजिल/ ब्राजिलकोे फ्लेमेंगो फुटबल क्लबको युथ ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।आगालागीमा मृत्यु हुने सम्भवत सबै क्लबका खेलाडी नै हुनुपर्ने त्यहाँको स्थानीय मिडियाको अनुमान रहेको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् ।

आगलागी कसरी भयो भन्ने बारे खुल्न सकेको छैन । स्थानीय समय अनुसार ५ बजेर १० मिनेटमा लागेको आगोलाई नियन्त्रणमा ल्याउन करिब २ घण्टा लागेको थियो । घटनामा मृत्यु हुने प्राय १५ देखि १७ वर्ष उमेर समूहका रहेका छन् ।ब्राजिलको चर्चित शहर रियो डे जेनेइरोमा रहेको फ्लेमेंगो क्लब अन्तराष्ट्रिय फुटबलमा समेत चर्चित छ ।