मजदुर युनियन बर्दघाट को पाचौ अधिबेशन सम्पन्न

प्रकाशित मिति:

बर्दघाट/ नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन बर्दघाट १० को पाचौ अधिबेशन शुक्रबार सम्पन्न भएको छ । युनियनका अध्यक्ष हेम नारायण चौधरीको अध्यक्षता तथा क्युपेक नेपालका जिल्ला अध्यक्ष राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोलदै प्रमुख अतिथि थापाले क्युपेक नेपाल श्रम बिभाग तथा श्रम मन्त्रालयमा विधिवत रुपमा दर्ता भई सुरुवात गरिउको मजदुर युनियन रहेको बताउदै असहरि क्षेत्रमा काम गर्ने मजदुरहरुका लागी सामाजिक सुरक्षा योजना भित्र ल्याउनुपर्ने र राज्यले सो सम्बोधन तत्काल गर्नुपर्ने बताउदै थापाले त्सका लागी सबै श्रमिकहरु संगठित हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि क्यपेक जिल्ला प्रतिनिधि परिषद प्रमुख एवं प्रदेश नम्बर ५ का जिफन सदस्य तिलकराज डुम्रे, जिलला प्रतिनिधि परिषदका उपप्रमुख देवी प्रसाद चौधरी, अतिथिहरु जिल्ला क्युपेक उपाध्यक्ष गिरिराज भण्डारी, क्यपेक जिल्ला कोषाध्यक्ष भवानी प्रसाद चौधरी, क्युपेकका जिल्ला सचिव जित बहादुर चौधरी, सहसचिव सगिंता चौधरी, सदस्य झमन चौधरी, दिलिप चौधरी, क्युपेक बर्दघाट नगर कमिटि अध्यक्ष सत्यनारायण चौधरी, क्युपेक वडा नम्बर ४ का वडाध्यक्ष राम बहादुर विक, क्यपेक ५ का लाल बहादुर गुरुंग, क्युपेक ७ का अध्यक्ष गिरि नारायण चौधरी, प्रतापपुर नगर कमिटि प्रतिनिधि विनोद यादव, क्युपेक सुनवल नगर कमिटि अध्यक्ष दिवाकर ओझा, क्युपेक सुनवल ११ का अध्यक्ष कृष्ण थापा, क्युपेक सुनवल १२ का अध्यक्ष राम भरत यादव, क्युपेक १३ सुनवल अध्यक्ष द्वारिका चौधरी लगाएतको उपस्थिती रहेको कार्यक्रममा अतिथि वडा नम्बर ८ का वडाध्यक्ष कविराम आचार्य, ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, संसारकोट हरियाली सामुायिक वन उपभोक्ता सस्थाका कोषाध्यक्ष कमल पराजुली, क्युपेकका द्वारिका चौधरी, कृष्ण थापा, सत्य नारायण थारु, प्रशुराम यादव, राम कुमार थापा लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।