चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ बाघ मृत भेटियो

प्रकाशित मिति:

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा डुबेको अवस्थामा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।राप्ती नदी किनारस्थित जर्नेलीघाटमा करिब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।मृत बाघको शरीरमा घाउ नै घाउ भेटिएकाले अर्को भाले बाघसँग जुधेर मरेको हुन सक्ने घिमिरेको अनुमान छ ।

राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।पछिल्लोपटक सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । अघिल्लो पटकको गणनामा भन्दा चितवनमा बाघको संख्या घटेको पाइएको थियो । गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको छ ।