नेपाल महिला संघ जिल्ला नवलपरासीले सुनवलमा विरोध प्रर्दशन

प्रकाशित मिति:

नवलपरासी / राज्य आतकंका विरुद्धमा नेपाल महिला संघ जिल्ला कार्य समिति पश्चिम नवलपरासीले शनिबार सुनवलमा विरोध प्रर्दशन गर्यो,ओली सरकारबाट सरक्षिंत, कुशासन, हत्या, हिसां, बलात्कार, एवं भ्रष्टाचार लगाएत राज्य आतकंका विरुद्धमा नेपाल महिला संघ जिल्ला कार्य समिति पश्चिम नवलपरासीले शनिबार जिल्लाको सुनवलमा र्याली सहित विरोध प्रर्दशन गरेको छ । नेपाल महिलासंघकी जिल्ला अध्यक्ष कमला तिवारीको नेतृत्वमा भुमही चोक देखी सुरु भएको र्याली शान्ति टोल हुदै पुन भुमही चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, रामग्राम नगरपालिकाकी उप प्रमुख रम्भा देवी कुंवर, संघकी जिल्ला अध्यक्ष कमला तिवारी, टंक प्रसाद अर्याल लगाउतका वक्ताहरुले एअरपोर्ट प्रकरण, निर्मला पन्तको हत्यारा अझै सम्म पत्ता नलाग्नु, मुलुकमा वर्तमान समयमा बलात्कार, हत्या, हिसां, भ्रष्टाचार लगाएतका घटनाहरु दिन प्रतिदिन बढ्दै जानु र बलात्कारीहरुले चारै तिरबाट छुट पाउनु निन्दनिय कार्य भएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

सो अवसरमा प्रदेश सभा सदस्य, बैजनाथ जैसवाल, नेपाल महिलासंघकी जिल्ला अध्यक्ष कमला तिवारी, जिल्ला सहसभापति सुबास गिरि, सुनवल १२ का महिला समयोजक ज्योती ढकाल, सचिव गजेन्द्र पटेल, संघका सम्पुर्ण पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, राजनितिक दल, सञ्चारकर्मी र जिल्लाको सात वटै स्थानयि तहका महिलाहरु गरि ४ सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रमको स्वागत र सञ्चालन सुनवल १२ की महिला समयोजक ज्योती ढकालले गर्नुभएको थियो ।