खोलामा भेटियो अनुहार नचिनिने अवस्थाको बालिकको शव

२६ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
45 Shares


भक्तपुर – भक्तपुरको हनुमन्ते पुलमुनी शनिबार अनुहार नचिनिने अवस्थामा एक बालिकाको शव फेला परेको छ ।मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनी बालिकाको शव भेटिएको हो । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनी भेटिएको शव १० देखि १२ वर्ष उमेरकी एक बालिकाको भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकहिमालयकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको हो । बालिकाको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशंका व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरु के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घट्नाको अनुसन्धान भने सुरु गरेको बताउनुभयो ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया