अन्यौलमा रहेको प्रदेश न ५ को स्थायी राजधानीका विषयमा सभामुख कृष्णबहादुर महराले गरे खुलासा, दाङ नै प्रदेशको स्थायी राजधानी हुने दावी

प्रकाशित मिति:

संघीय संसदका सभामुख तथा दाङको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले दाङनै ५  नं. प्रदेशको स्थायी राजधानी हुने बताएका छन् । मंगलवार दाङको तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख महराले दाङको भालुवाङदेखि गंगटेसम्म जहाँ भएपनि दाङ नै प्रदेशको स्थायी राजधानी हुने बताएका हुन ।