न्यू लाइफ कलेजमा स्वागत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

शान्ति तिवारी ,बर्दघाट । नवलपरासीको बर्दघाट ४ मा रहेको न्यू लाइफ कलेजमा विविएस दास्रो वर्षका विद्यार्थिहरुले प्रथम वर्षका विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमका विच स्वागत गरेका छन् । दोस्रो वर्षका विद्यार्थिले प्रथम वर्षका विद्यार्थिलाई टिका, खादा र मायाको चिनो प्रदान गर्दै स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक डि।वि। अधिकारीले कलेजले  स्थापना काल देखी हालसम्म उत्कृष्ट नतिजा हात पारेको उदारण प्रस्तुत गर्दै शैक्षिक गतिविधिमा मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी अब्बल हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि कलेजका संयोजक मोहन शरण पाण्डेयले विद्यार्थिहरुले आफ्नो प्रयासमा नै स्वागत कार्यक्रम गरेकोमा कार्यक्रमको स¥हाना गर्दै कलेजको सम्पुर्ण गतिविधिमा विद्यार्थीको उच्च संलग्नताका साथ अगाडि बढ्नु पर्ने आजको शिक्षाको आवस्यकता औल्याउनु भयो । कार्यक्रममा कलेज सञ्चालका थम बहादुर अधिकारी, सह–प्रचार्य दिनानाथ पौडेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा विविएस प्रथम र दोस्रो वर्षका विद्यार्थीहरुले अतिरीक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए । विविएस दोस्रो वर्षका विद्यार्थी शान्ति पौडेलको स्वागत मन्तव्य, सुमन बस्यालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन कृष्ण भण्डारी र शर्मिला क्षेत्रीले गर्नुभएको थियो ।

थप समाचार