भिडियो गेमसँग विवाह

प्रकाशित मिति:

एजेन्सी \ युनिभर्सिटी अफ फ्लोरिडामा अध्ययनरत नोरुल माहजाबिन हसन सानैदेखि गणितमा पोख्त थिइन्, जसका कारण उनको बाल्यकालदेखि नै क्यालकुलेटरलगायत भिडियो गेम खेल्ने ग्याजेटहरूसँग हुन थाल्यो । यस्ता ग्याजेटसँग घण्टौ बिताउन थालेपछि उनलाई तिनीहरूसँगै प्रेम हुन थाल्यो । उनले आफ्नो क्यालकुलेटरलाई मन पराउँदै पिइरी नाम दिइन् । त्यस क्रममा उनको भिडियो गेम खेल्ने उपकरणहरूसँग यौन आकर्षणसमेत हुन थाल्यो । त्यतिबेला उनको सबैभन्दा प्रिय भिडियो गेम टेरिस थियो । टेरिस गेमका आकृतिहरूले आकर्षित गरेपछि उनले टेरिस भिडियो गेमसँगै विवाह गर्ने योजना बनाएकी छिन् ।