रोटरी क्लब अफ बुटवलको नियमित वैठकमा रुपन्देहीका प्रजिअ राना

प्रकाशित मिति:

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले शुसाशन विना कुनै पनि शासन व्यवस्था प्रभावकारी हुन नसक्ने बताएका छन ।सनिवार बुटवलमा भएको रोटरी क्लब अफ बुटवलको १२४६ औ नियमित वैठकमा प्रमुख वक्ताको रुपमा उपस्थित उनले नेपाललाई भ्रष्टचारमुक्त बनाउन कर्मचारी जनप्रतिनिधी सबै भ्रष्टचारबाट मुक्त हुनु पर्ने बताए ।

भ्रष्टचार मौलाउनुमा नागरिकको पनि भूमिका रहेको बताउदै अड्डाहरुमा काम गराउदा अतिरिक्त रकम नदिन आग्रह गरे । उनले भने– काम छिटो गराउने नाममा कर्मचारीलाई भ्रष्टचारी नबनाउनुस, पैसा नदिनुस यदि कुनै कर्मचारीले अतिरिक्त पैसा मागे मलाई जानकारी गराउनुस ।युवा तथा किशोर अवस्था उमेरका व्यक्तिहरु लागु औषध दुव्र्यशनीमा फस्ने गरेको बताउदै लागु पदार्थ ओसार पसार तथा सेवनमा जेल भएका अधिकांस युवा भएको बताए । १८ वर्ष मुनीकालाई जेलमा लैजान नमिलने भएका कारण सुधार गृहमा राखिएको बताए ।

रोटरी क्वल अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको बैठकमा रोटरीयन रुपलाल पन्थीले प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रानाको वायोडाटा प्रस्तुत गरेका थिए । सचिव दयानिधी भण्डारीले क्लबआ आएको अघिल्लो वैठकको निर्णय वाचन गरेर सुनाएका थिए भने रोटरीयन सिपि शर्माले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा जन्मदिन पर्ने डा सुर्य राना, गिरीराज पाठक, रेखा ज्ञवाली तथा म्यारिज यनिभर्सरी पर्ने मणिरत्न पाण्डे, टिकाराम न्यौपाने तथा अन्तराष्ट्यि कन्भेनसनमा स्पीकरको रुपमा छनोट परेका रोट्याक्टर लक्ष्मण खरेलको हर्ष वढाई गरिएको थियो ।