महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा

लक्कीड्र मार्फत मोटरसाइकल र सुनको सिक्रि

प्रकाशित मिति:

भैरहवा, माघ २६ । महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा आएको छ । आज भैरहवामा एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआइ र २७५ डिआइ ओआइबी ट्याक्टर लन्च भएका छन् । पश्चिम क्षेत्रको आधिकारीक विक्रेता अम्बुमार्केटिङद्वारा उक्त ट्याक्टरहरु लन्च गरिएको हो । भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा विक्रि भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्याक्टर सफल भएको अम्बुमार्केटिङका प्रमुख पर्सुराम पराजुलीले बताउनुभयो । महिन्द्रा कम्पनीको ट्याक्टर पहाडमा उक्कालो ओरालो गरी मालसामान पु¥याउन, तराईमा सामान ओसार पसार गर्न र खेत जोत्नको लागि मजबुत भएकोले नेपाली बजारमा नम्बर १ रोजाइमा परेको महिन्द्रा कम्पनीको नेपालका लागि मार्केटिङ प्रमुख देबेन्द्र महत्राले बताउनुभयो । महिन्द्रा ट्याक्टरको आधिकारीक डिलर अम्बुमार्केटिङले भैरहवामा रहेर लामो समयदेखि काम गर्दै आएकोले नयाँ नयाँ मोडलका ट्याक्टरहरु समय अनुसार भित्राउने गरेको बताउँदै नेपालमा गुणस्तरीय ट्याक्टरको रुपमा चिनिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुलप्रसाद न्यौपानेले बताउनुभयो ।

लक्कीड्र मार्फत मोटरसाइकल र सुनको सिक्रि

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको ट्याक्टरको आधिकारीक विक्रेता अम्बुमार्केटिङ मार्फत दशैं विशेष अफरमा खरिद गरिएका ट्याक्टर धनीहरुलाई लक्किड्र मार्फत विभिन्न उपहार प्रदान गरिएको छ । लक्कीड्र मार्फत प्रथम पुरस्कार रुपन्देहीको रोहिणी गाउँपालिका १ बगाहा निवासी वैश खानले प्राप्त गरेका छन् । उनले महिन्द्रा कम्पनीको मोटरसाइकल प्राप्त गरेका हुन् । दोस्रो पुरस्कार कपिलवस्तुको महाराजगञ्जका चुनिलाल अहिरले १ तोला सुनको सिक्रि प्राप्त गरेका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिका २ मुजानाका रामप्रसाद केवटले तेस्रो पुरस्कारको रुपमा सामसुम एन्रोयड मोवाइल प्राप्त गरेको अम्बुमार्केटिङका प्रमुख पर्सुराम पराजुलीले जानकारी दिनुभयो ।