डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निरन्तर रहने

९ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
4 Shares


आमरण अनसनरत डा। गोविन्द केसी पक्षबीच मंगलबारबाट शुरु संवाद प्रक्रियाले आज पनि निरन्तरता पाउने भएको छ । केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि शुरु संवाद सकारात्मक रहेको बताइए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पक्ष जुटेका छन् । त्यसका लागि बुधबार बिहानबाट पुनः वार्तामा बस्ने सरकारी र केसी पक्षका वार्ता टोली संयोजकद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सिंहदरबारमा भएको छलफलमा डा। केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा के–के संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ