बढुवामा असन्तुष्टी जनाउदै एसपी उप्रेतीद्वारा राजीनामा

प्रकाशित मिति:

उप्रेतीको फेसबुकबाट । प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक एसपी नरेन्द्रप्रसाद उप्रेतीले पदबाट राजीननामा दिनुभएको छ । अबेर रातीसम्म बसेको बढुवा सिफारिस समितको बैठकले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न प्रस्ताव गरेको थियो । बढुवा समितिको निर्णय प्रति असन्तुष्टि जनाउँदै महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको हो । रेडियो कान्तिपुरसँग कुराकानी गर्दै उप्रेतीले आफ्नो करियर नै समाप्त भएपछि राजीनामा दिएको बताउनुभयो । यद्यपी प्रहरी प्रधान कार्यालयले उहाँको राजीनामा स्वीकृत भने गरेको छैन । उप्रेतीको राजीनामासँगै नेपाल प्रहरीको एसपीमा एक पद रिक्त भएको छ । गएराती बसेको बढुवा सिफासिरस समितिले २६ प्रहरी नायव उपरिक्षक डीएसपीलाई एसपीमा बढुवा गरेको थियो ।  रेडीयो कान्तीपुर वाट साभार