‘लाइसेन्स’को आवेदन अर्को हप्ता मात्रै खुल्ने

प्रकाशित मिति:

साउनको पहिलो हप्तादेखि खुल्ने भनिएको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को आवेदन अर्को हप्ता मात्रै खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको अन्त्यमा रि ट्रायल सम्बन्धि सम्पुर्ण कार्य सम्पन्न गर्नुका साथै राजश्व लगायत हिसाव मिलान गर्नुपर्ने भन्दै आवेदन लिन बन्द गरेको थियो। लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो।

विभागले जेठ २१ गते असार महिनाको लागि भरिएको सम्पुर्ण फारम रद्द गर्ने र रिट्रायल बाँकी रहेकाहरुको असार १५ गते भित्रै रिट्रायल भ्याउने निर्णय गरेको थियो।

विभागले साउन लाग्ने वित्तिकै आवेदन खोल्ने भने पनि तेस्रो हप्तामा मात्रै खोल्न लागेको हो। आफूहरु पुराना ‘पेन्डिङ’ कार्डको छपाई सक्न लागि परेको हुँदा केही ढिलो हुन गएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।