सांसदको हत्या प्रकरणमा बीजेपी नेताविरुद्ध उजुरी

प्रकाशित मिति:

पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेस९टीएमसी०का सांसद सत्यवित बिस्वासको हत्या प्रकरणमा भारतीय जनता पार्टी९बीजेपी० नेता मुकुल रोयविरुद्ध उजुरी दर्ता भएको छ ।शनिबार राति सांसद बिस्वासलाई नचिनेका मानिसहरुको समूहले गोली हानी हत्या गरेका थिए । नादिया जिल्लाको कृष्णगञ्ज विधानसभा सिटका विधायक फूलबारी क्षेत्रमा भएको एउटा सरस्वती पूजा समारोहमा सहभागी हुन गएका थिए । मञ्चबाट उत्रँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।

फूलबारी क्षेत्र बंगलादेशको सीमासँग जोडिएको क्षेत्र हो । पछिल्लो समय बीजेपीले यो क्षेत्रमा आफ्नो गतिविधि बढाउँदै लगेको छ ।