यूएईमा मन्त्री पण्डितलाई प्रश्न साइकलले पनि तेल खाँदो रहेछ

२७ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


यूएई – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाउनुभयो ।शुक्रबार यूएई आउनु भएका मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाउनुभयो ।

नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू रु’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया