पछिल्लो समय दक्षिण भारतीय सिनेमा र बलिउडको सहकार्य बढ्न थालेको छ। यसै मेलो बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पनि मिसिएका छन्। तमिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिनले अब सँगै काम गर्ने भएका छन्।
दुबै निर्देशक कार्थिक सुबराजको आगामी फिल्ममा साथै देखिने भएका हुन्। रजनीकान्तको पछिल्लो रिलिज कालुको रिलिजपछी नै फिल्मको सुटिङ सुरू भइसकेको छ। फिल्ममा नवाजको प्रवेशको जानकारी फिल्मका निर्माताहरूले ट्वीटरमार्फत दिएका हुन्। फिल्ममा नवाजसँगै अभिनेत्री सिमरनले पनि अभिनय गर्ने ट्विटरमा उल्लेख छ।
हाल छायाँकनको क्रममा रहेको फिल्म यसै वर्ष नोभेम्बर २९ मा रिलिज हुनेछ।