सिद्धबाबा दोभान खण्डमा सुरुङ मार्ग बनाउन भौगर्भिक अध्ययन सुरु

२७ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
200 Shares


बुटवल । ‘मृत्यु मार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग सिद्धबाबा दोभान खण्डमा सुरुङ मार्ग बनाउन भौगर्भिक अध्ययन सुरु भएको छ ।माथिल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभान गाउपालिकामा पर्ने रामापिथेकस पार्कसम्मको अति जोखिमयुक्त एक किलोमिटर तीन सय मिटर दुरीमा सुरुङ मार्ग बनाउन भौगर्भिक अध्ययन ९जियोलोजिकल सर्भे सुरु भएको हो ।

स्वीस डेभलेपमेन्ट कोअपरेसनको ५० लाख रुपैयां आर्थिक सहयोगमा प्लानेट टेस्ट प्रालि र ड्रिलिप नामक संस्थाका भुगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रमा त्यहाँको जमीन, माटो, ढुंगा, चट्टान,पानी आदिका अवस्थाबारे विभिन्न पक्षको अध्ययन थालेका छन् ।टोलीले बुटवलको तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबासम्मको एक किलोमिटर सय मिटर दूरिमा रक नेटिङ प्रविधिबाट सडकलाई सुरक्षित बनाउन अर्को अध्ययन पनि गरिरहेको छ ।प्राविधिक टोलीले ६ वटा स्थानमा ११० मिटरसम्म गहिरो ड्रिलिङ गरेर जमीनभित्रको अवस्थाबारे जानकारी लिइरहेको छ ।

६ स्थानमध्ये ४ स्थानमा १५(१५ मिटरको भर्टिकल र २ स्थानमा होरिजेन्टल मध्ये एक स्थानमा एक सय १० र अर्कोमा ६० मिटर गहिरो ड्रिलिङ गरेर प्जमिनमुनिको अवस्था पत्ता लगाउने काम भइरहेको प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकालले जानकारी दिए ।हालसम्मको करिब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमीनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्याण्ड स्टोन र मड स्टोनको मिश्रण भेटिएको इन्जिनियर ढकालले बताए ।

डेढ दर्जन जनाको प्राविधिक टोलीले ड्रिलिङ, जियोफिजिकल टेस्टिङ र जियोटेक्निकल इन्भेस्टिगेसनको काम एक साताभित्र सकेर प्रतिवेन तयार गरी फेब्रुअरीभित्र स्वीस डेभलेपमेन्ट कोअपरेसनलाई बुझाउने ड्रिलिपका वातावरण इन्जिनियर आशिष ढकालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया