पुरूषभन्दा तीन वर्ष युवा हुन्छ महिलाको मस्तिष्क

२७ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौँ — वैज्ञानिकको दाबीअनुसार महिलाको मस्तिष्क उनीहरूको उमेरकै पुरुषको दाँजोमा तीन वर्ष युवा हुन्छ । यसैकारण महिलाको मस्तिष्क लामो समयसम्म तीव्र गतिले चल्ने गरेको हो । यो अध्ययन ‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेज मा प्रकाशित छ । उक्त अध्ययनमा २० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुष सहभागी थिए । अध्ययनअन्तर्गत उनीहरूको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्न उनीहरूको ‘पीईटी स्क्यान’ गरिएको थियो । मस्तिष्कको मेटाबोलिज्मसम्बन्धी क्रियाले महिला र पुरुषको उमेर बढ्दा उनीहरूको मस्तिष्कको अन्तर बुझ्न सघाउन सक्छ । मस्तिष्क ग्लुकोजले चल्छ तर मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा उमेर वृद्धिसँगै परिवर्तन हुँदै जान्छ । अध्ययनमा संलग्नहरूको उमेर र मस्तिष्कको क्रियाबीच सम्बन्ध पत्ता लगाउन एउटा मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको तथ्यांक हालियो । अनुसन्धानकर्ताहरूले महिलाको मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई पनि मेसिनमा हाले र तथ्यांकले महिलाको मस्तिष्कको उमेरको गणना गरे । महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३ ,८ वर्ष युवा देखियो । अर्कातिर पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको दाँजोमा २ ,४ वर्ष बढी थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश