बी डिभिजन लिग स् एनआरटीले नयाँ बस्तीलाई तीन एकले हरायो

प्रकाशित मिति:

काठमाण्डौ – शहीद स्मारक बी डिभिजन लिगमा न्युरोड टिम ९एनआरटी०ले नयाँबस्ती युथ क्लबलाई तीन एकले हराएको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसीटीले नयाँबस्तीको एक गोलको अग्रता उल्ट्यायो । खेलको सुरुवातमा नै सानीकुमार चौधरीले नयाँबस्तीका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

तर त्यसपछि आरसिटीले तीन गोल फर्काउन सफल भयो । २९ औं मिनेटमा पुकार आलेमगरले गोल गर्दै आरसीटीलाई बराबरीमा ल्याए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा संसारनन्द पलाञ्चोकीले टिमका लागि दोस्रो गोल गरे ।त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा पुनः संसारले गोल गर्दै आरसिटीलाई तीन अंक दिलाए ।