खैरो हिरोइनसहित सेनाका जवान पक्राउ

प्रकाशित मिति:

काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका १ का २४ वर्षीय ऐकेन्द्र शाही छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीसहित घोडाघोडी नगरपालिका६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गरेका छन् ।

स्रोतका अनुसार पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । उनीहरुले हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं(२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नं। १०३ मा बसेका थिए ।विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।