अन्तर्राष्ट्रिय पर्दामा नेपाली सेलिब्रेटी

प्रकाशित मिति:

एजेन्सी \ दया लस एन्जलसस्थित परफर्मेन्स सेन्टर अर्गनाइजेसन थिएटरको एक्ज्युकेटिभ तथा एक्टिङ मेन्टर हुन् जसले स्टुआर्ट रोगर्स ग्रान्ट जितेको थियो । त्यसअगावै दयाले सिबिएस हिट अपियर एक्स्ट्रअर्डिनरी का लागि सम्पूर्ण कुराको संयोजन गरेकी थिइन् । बलिउड एवं हलिउड अत्यन्त प्रतिस्पर्धात्मक छन् । त्यहाँ जोकोही सहजै स्थापित हुन गार्‍हो छ । अन्तर्राष्ट्रिय चलचित्र जगत्मा केही नेपाली निर्माता–निर्देशकको आँखामा पर्ने मात्र होइन दर्शकको मनसमेत जितिरहेका छन् । भारतीय चलचित्र तथा संगीतको क्षेत्रमा स्थापित माला सिन्हा, डेनी, उदितनारायण, मनीषा कोइरालालाई अन्तर्राष्ट्रिय संगीत–फिल्म वृत्तमा नेपाली शान मानिन्छ । यो पुस्तापछि अझ विस्तृत र फराकिलो प्लेटफर्ममा पुगेका केही नेपाली संसारभर आफ्नो कला र क्षमता प्रस्तुत गरिरहेका छन् । उनीहरू डायस्पोरामा नेपाललाई चिनाउन सफल भैसकेका छन् । बाल्यकाल काठमाडौंमा बिताएकी डिचेनले लाचम्यान टिबेटियन आमा तथा अस्ट्रलियन बाबुकी छोरी हुन् । शैक्षिक अपग्रेडिङका लागि अस्ट्ेरलिया पुगेकी डिचेन लोरउड मोरियल्टा हाइस्कुल, एनेस्ले कलेज हुँदै युनिभर्सिटी अफ एडेल्एडबाट अध्ययन पूरा गरेकी हुन् । सुरुवाती दिनमा उनले एडेल्एड र सिड्नीका अभिनय केन्द्रहरूमार्फत आफूमा भएको अभिनय क्षमता निखार्ने काम गरिन् ।

सन् २००६ मा अक्वामारिनमा गरेको प्रशंसनीय अभिनयबाट उत्साहित हुँदै उनले सन् २००९ मा मेलबर्नमा बसेर फक्स एरेन्जमेन्ट डलहाउसको दुई चरण सकेकी थिइन् । त्यसअघि उनले सन् २००५ मै अस्ट्ेरलियाकै सबैभन्दा लामो चल्ने म्युजिकल शो नेइबोर्समा मेडिकल एटेन्डेन्स कात्या किन्सकीका रूपमा कास्ट गरिसकेकी थिइन् । अद्वितीय कलात्मक क्षमताकी धनी डिचेनलाई संसारभर अन्तर्राष्ट्रिय नेपाली सेलिब्रेटीका रूपमा चिनिन्छ । त्यसपूर्व उनले इले रोबिन्सन तथा पावल रोबिन्सको सानी केटीको भूमिकामा अभिनय गरे पनि चलचित्रवृत्तमा उनलाई कात्याले ठूलो हाइट दियो । ल्याटिन आमा तथा नेपालको पूर्वी सीमावर्ती क्षेत्रका बाबुकी छोरी दया बैद्य ‘दया भिभियन बैद्य’ का नामले संसारभर प्रख्यात छिन् । सन् १९७३ मा काठमाडौंमा जन्मिएकी बैद्य ओकल्यान्ड, क्यालिफोर्नियामा हुर्किइन् । सानैदेखि नाटकमा रुचि राख्ने दया छोटो समयमै थुप्रै भूमिका निर्वाह गर्न सफल भइन् । आफ्नो रगतमै अभियन बगेको बताउने यी अभिनेतृ तीन वर्षको उमेरमै ओकल्यान्ड ब्यालेटस इम्याजिनेटिभ चिफ रोन गुड्डीको आँखामा परेकी थिइन् । ११ वर्षको उमेरमा त दयाले प्रख्यात बे यरिया युथ थिएटरमा अभिनय गरिसकेकी थिइन् । स्कुले कक्षाहरूमा उनले अभिनयलाई प्रमुख र नृत्य ऐच्छिक बनाएकी थिइन् । उनले दर्जनौं नाटकका विविध पात्रका साथै जोस रिभेराको ‘मारिसोल’ मा आफ्नो सशक्त अभिनय प्रस्तुत गरिसकेकी छिन् । स्कुलमा छुट्टी लिएर डान्स र थिएटरका लागि न्यूयोर्क पुग्ने बैद्यले आफ्नो आफ्नो अध्ययय पूरा भएपछि थिएटरमा बिएफएसमेत गरिन् । त्यसपछि उनी न्यूयोर्क र लसएन्जलसका कयौं कमर्सियल विज्ञापन, टेलिभिजन कार्यक्रम तथा चलचित्रमा देखा पर्न थालिन् । दया लस एन्जलसस्थित परफर्मेन्स सेन्टर अर्गनाइजेसन थिएटरको एक्ज्युकेटिभ तथा एक्टिङ मेन्टर हुन् जसले स्टुआर्ट रोगर्स ग्रान्ट जितेको थियो । त्यसअगावै दयाले सिबिएस हिट अपियर ‘एक्स्ट्रअर्डिनरी’ का लागि सम्पूर्ण कुराको संयोजन गरेकी थिइन् ।

एबीसीको ‘म्यानोर’ मा आँखा झिम्कन नदिने अभियन गरेकी यी अभिनेतृ हाल अम्याजोनको थ्रिलर ‘बोच’ लाई दोहोर्‍याइरहेकी छिन् । ब्लुको सुटिङताका भेटिएका डन वालाससँग विवाह गरेकी दया र डन दुवैले उक्त चलचित्रमा अभिनय गरेका छन् । पाटनकी श्वेता लामिछाने हाल अमेरिकामा छिन् । परफर्मिङ आर्टमा दृढ भएर लागेकी श्वेता स्किन केयर तथा मेकअप व्यवसायीसमेत हुन् । थिएटर अभिनय, विज्ञापन हुँदै हालसालै चारवटा स्वतन्त्र चलचित्रमा काम गरेकी श्वेताको ‘लिटल थिङ कल्ड लभ’ वेभमार्फत हिट भएको थियो । हालै निर्माण कार्य सम्पन्न श्वेताका चार स्वतन्त्र चलचित्र विभिन्न फिल्म फेस्टिभल, फिल्म सेलिब्रेसन तथा सनडान्समा स्क्रिनिङ गरिने बताइएको छ । केही समयअघि ‘ह्युमेन भ्यालुज अवार्ड’ को सेलेक्सनमा परेकी श्वेता अन्तर्राष्ट्रिय चलचित्र जगत्मा आशालाग्दी नेपाली स्टार हुन् ।

प्रस्तुती :लक्ष्मी भण्डारी थापा नारी वाट साभार