आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्रकाशित मिति:

९ साउन, बुटवल । आज पनि मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज केही ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । अहिले देशका विभिन्न भूभागमा मौसम खुलेजस्तो भए पनि दिउँसोदेखि बदली हुने महाशाखाले जानकारी दिएको छ ।मनसुनको समय भएकाले  देशका विभिन्न भूभागमा दैनिकजसो हल्कादेखि मध्यम किसिमको वर्षा भैरहेको छ ।यस्तै आज ससाना खोलामा बाढी आए पनि ठूला नदीमा बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।