दुर्गादत्त माध्यमिक विद्यालयको ५४ औँ वार्षिकउत्सव ।।

प्रकाशित मिति:

रेनुका गिरी .बुटवल, २७ माघ । तिलोत्तमा नगरपालिका–२ शंकरनगरमा रहेको दुर्गादत्त माध्यमिक विद्यालयले ५४ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस आईतबार मनाएको छ । वार्षिक उत्सवको अवसरमा एक हप्ता खेलकुद लगायत विभिन्न बौद्धिक कार्यक्रमहरु गरेको विद्यालयले विभिन्न औपचारिक कार्यक्रमहरु सहित सम्पन्न गरेको हो । कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले निजी शैक्षिक संस्था जस्तै सामुदायिक विद्यालय पनि कुनै किसिमले पछाडी नरहेको बताउनुभयो । उहाँले सरकारी स्कुलमा अंग्रेजी माध्ययमा पढाई हुन थालेपछि सामुदायिक विद्यालयको स्तर वृद्धि भएको बताउनुभयो । उहाँले हरेक सामुदायिक विद्यालयले साधन स्रोत जुटाएर प्रविधिक शिक्षातर्फ लाग्नुपर्ने बताउनुभयो । मन्त्री गिरीले आर्थिक समृद्धिकालागी युवाहरुमा सिपको आवश्यक रहेको बताउनुभयो । उहाँले सीपयुक्त जनशक्ति निर्माणमा सरकार लागेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालिले विद्यार्थिहरुलाई मुस्कान सहितको शिक्षा आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालिले सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा अझ बृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैले हातमा हात राखेर चल्नु पर्ने कुरामा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पन्थीले विद्यालयको प्रगतिको लागि शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै पक्षको समान भूमिका रहने हुँदा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नु पर्ने र सबैले विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न सबै एक चित्त भएर लाग्नु पर्ने बताउनुभयो ।विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा शंकरनगर बहुमुखि ब्याम्पसका अध्यक्ष केशवराज न्यौपाने, विद्यालयका सहायक प्रधानअध्यापक चण्डीप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका सामाजीक शाखा प्रमुख दुर्गा श्रेष्ठ, तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष तामनाथ पाण्डे, समाजसेबी प्रेमबहादुर भण्डारी, कृष्णप्रसाद देवकोटा लगायतले बोल्नु भएको थियो ।कार्यक्रममा विभिन्न विद्यालयका प्राधानाध्यापक तथा शिक्षकहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरु, स्थानिय बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।विद्यालयले बार्षिक उत्सवको अवसरमा २४ वटा अक्षयकोषबाट ५२ जना विद्यार्थिलाई छात्रवृत्ति वितरण समेत गरेको छ । साथै विद्यालयले आईतबार सरस्वती पुजाको अवसरमा भर्ना अभियान पनि सुरु गरेको छ ।विद्यालयले सो अवसरमा विद्यालय द्वारा खेलाईएका विभिन्न खेलकुदहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरेको छ ।