भाषा, कला संस्कृति संरक्षणको लागि थारु अगुवाहरुद्धारा चिन्ता ब्यक्त

प्रकाशित मिति:

भाषा, कला संस्कृति संरक्षणको लागि थारु अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन । पछिल्लो समयमा पश्चिमेली संस्कृति हाबी भएको उनिहरुले बताउँदै थारु भाषा , कला संस्कृतिमा चुनौंती थपिदै गएको आज एक कार्यक्रममा बोल्ने थारु अगुवाहरुले बताएका छन । रुपन्देहीको सैनामैनामा सैनामैना थारु कल्याणकारीणी नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भाषा, कला संस्कृतिको संरक्षणको लागि नँया पुस्तामा हस्तानान्तरणको आवश्यकता रहेको बताएका छन । थारु कल्याणकाणीरी सभाका केन्द्रीय पार्षद रामबली चौधरीले कला संस्कृतिको संरक्षणसँगै थारु समुदायमा शिक्षाको पँहुच बढाउँन आवश्यकता रहेको बताउँनु भएको छ । थारु समुदायका बालबालिकाहरु बिचमा नै पढ्न छोड्दा राज्यको उच्च ओहादामा पुग्न नसेकेकोमा उँहाले चिन्ता ब्यक्त गदै शिक्षालाई पहिलो प्राथमिकता अभिभावकले दिनु पर्ने बताउँनुभयो ।

रुपन्देही जिल्ला उपाध्यक्ष बुद्धिराम चौधरीले पछिल्लो समयमा पश्चिमेली संस्कृतिले नेपाललाई छुदा थारु संस्कृतीलाई पनि असर गरेको बताउँनु भएको छ । सरकारले सस्कृति संरक्षणमा सहयोग गर्न नसकेको उँहाले बताउँदै संस्कृति संरक्षणमा थारु समुदाय नै तात्नु पर्ने बताउँनु भयो । सैनामैना थारु कल्याणकारीणी नगर समितिका अध्यक्ष दुल बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रमान चौधरी,राम कृपाल चौधरी लगयातले बोलेका थिए । थारु समुदायको नँया वर्षको पुर्व सन्ध्यामा सैनामैनाको मुर्गियामा लागेको माघी महोत्सवको समेत उक्त कार्यक्रममा समिक्षा गरिएको थियो । कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग पुराउँने पत्रकार भुवन जिसी ,ललित पाण्डे, कृष्ण भण्डारी, अनिता चौधरी, सुरेश परियारलाई समेत सम्मान गरिएको थियो ।