तानसेनमा मापदण्ड विपरित निर्माण भईरहेका घर हरु भत्काईंदै

प्रकाशित मिति:

तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।  नगरपालिकाले शुक्रबार मात्रै मापदण्ड विपरित सार्वजनिक बाटो अतिक्रमण गरि भौतिक संरचना बनाईएको भन्दै तानसेन ७ जैसीचौपारीमा एक घर डोजर नै लगाएर भत्काईएको छ । डोजर नै चलाएर घर भत्काउने मनाशय नगरपालिकाको नभए पनि पटक पटक लिखित र मौखिक जानकारीको अबज्ञाय कारण बाध्यताले डोजर प्रयोग गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले डोजर नै निर्माणधिन घरको पिलर ,घरको जग ,गाहेको संरचना ध्वस्त बनाईदिएको छ । करिब ५ लाख खर्च गरि भरर्खरै घरको डिपिसीको काम पुरा भएको थियो । यता आफ्नो घर भत्काईएको दुख व्यक्त गर्दै पिडित सुमनका परिवारले भने आफुहरुलाई गरिब देखेर तानसेन नगरपालिकाले विभेद गरेको पिडित सुमनका परिवारले गुनासो गरेका छन । आफुहरुको घर भुकम्पले भत्कीएपछि घर बनाउने अन्य कुनै पनि जग्गा नभएकाले बाटो नजिकैको थोरै जग्गाको सदुपयोग गरि घर बनाएको पिडितले बताएका छन ।