आजको निती वचन

प्रकाशित मिति:

तुष्यन्ति भोजने विप्रा मयूरा घनगर्जिते ।
साधवः परसम्पत्तौ खलाः परविपत्तिषु ।। – चाणक्य

भोजनका समयमा ब्राह्मण, मेघ गर्जिएका वेला मयूर, अरुले सम्पत्ति आर्जन गर्दा सज्जन र विपत्ति पर्दा दुर्जन खुशी हुन्छन् । व्यक्ति र वस्तु अनुसार खुशी हुने भिन्ना भिन्नै समय हुन्छन् । यही कुराको चाणक्यले व्याख्या गरेका छन् । विशेषतः भोजन गर्ने समयमा ब्राह्मणको चेहरामा कान्ति छाउने गर्दछ । अर्थात् ब्रह्मण भोजनले खुशी हुन्छन् । यसैगरी मेघ गर्जिएका वेला मयूर खुशी हुने गर्दछ । मयूरका निम्ति मेघको गड्गडाहट प्रिय हुने गर्दछ । साथै अरुले सम्पत्ति आर्जन गर्दा सज्जन खुशी हुने गर्दछन् । सज्जनले सधै अरुको भलो चिताएका हुन्छन् भने अरुको अवनति चाहने खल हुन् भनिएको छ । विपत्तिमा खुशी हुनु दुर्जन अर्थात् खल व्यक्तिको लक्षण हो । अतः हामी सज्जन बन्न सक्नुपर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –