सन्जय दत्तसंग अभिनय गर्दै सोनम कपूर

२८ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


बलिउडमा ‘लगे रहो मुन्ना भाइ’ होस् वा ‘मुन्ना भाइ एमबीबीएस’ दुवै चलचित्रले भारतीय फिल्म उद्योगमा कुनै समय विशेष स्थान पाएको थियो । उक्त फिल्मको केमिस्ट्रि मानिसहरुले निकै रुचाएका थिए । राजकुमार हिरानी र विधु विनोद चोपडाले बनाएको सो चलचित्र त्यतिबेलाको निकै सुपरहिट थियो । अब सो फिल्मको तेस्रो पार्ट आउने भएको छ । सञ्जय दत्त जेलबाट बाहिर आएसँगै उक्त फिल्मबारे चर्चा चलेको थियो । फिल्मका लागि अभिनेत्रीमा सोनम कपुर रहनेछिन् । यो एक कमेडी फिल्म रहनेछ । अहिले सोनम कपुरको अर्को फिल्म सार्वजनिक भएको छ । जसमा उनले आफ्ना बाबु अनिल कपुरसँग अभिनय गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया