दुवईमा नेपथ्यको आगामी कार्यक्रम

प्रकाशित मिति:

नेपथ्यले दुबाईमा आयोजना हुने नेपथ्य लाईभ कन्सटबाट संकलन भएको मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनलाई दिने भएको छ । मार्च १५ तारिक दुवईमा हुने कन्सर्टबाट संकलित रकम नेपथ्यले धुर्मुस–सुन्तली फाउण्डेशनलाई चितवनमा निर्माण गर्न लागेएको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको हो । लोकप्रिय ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष अबसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्यहरु टोली आउने आयोजक मोहनसिंग लिम्बुले बताए ।

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई आउन लागेको हो ।प्रवासमा रोजगारीको थकानलाई नेपाली कलासाहित्य संस्कृतिलाई प्रबर्धन एंवम् साङ्गितिक मनोरञ्जनको लागि सांगीतिक समुह नेपथ्य दुबई आउन लागेको हो। नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबाईको आयोजना युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु सुजन रजक र हरि भुजेलले आयोजन गरेका हुन् ।