टाईर्गस ब्रुअरीकोे आयोजनामा डिर्लस मिट २०७५ सम्पन्न

प्रकाशित मिति:

टाईर्गस ब्रुअरीकोे आयोजनामा देशैभरिका डिलरहरुलाई सहभागी गराई डिर्लस मिट २०७५ सम्पन्न भएको छ । शुद्धोधन गाउंपालिकाको फर्साटिकरमा ५ विगाहा क्षेत्रफलमा अत्याधुनिक प्रविधीको प्रयोग गरी संचालन भइरहेको उक्त ब्रुअरीका ३ वटा ब्राण्ड टेन्सर्वग, लण्डन आईस र नेपाल टाईगर का ८ वटा उत्पादनहरु न्ेपाली तथा अन्र्तराष्ट्रिय बजारमा विक्री वितरण भइरहेका छन् । कार्यक्रममा सहभागी डिलर व्यवसायीहरुलाई ब्रुअरीका चिफ फाईनान्स अफिसर नवराज घिमिरेले आर्थिक कारोवार र बिलिङ सम्बन्धि जानकारी दिनुभएको थियो । त्यस्तै उत्पादकत्व र प्राविधिक विषयमा सिनियर टेक्निकल कन्सलटेन्ट पदम संग्रौलाले सहजीकरण गर्नुभएको थियो । त्यस्तै व्यवसायीहरुको जिज्ञासा मेटाउंदै सेल्स तथा मार्केटिङ प्रेसिडेन्ट राजेन्द्र गुरुङले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ब्रुअरीका चेयरमेन तेजेन्द्र खड्का, प्रबन्ध निर्देशक प्रेम खड्का लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बसन एण्ड द क्रिउ, नेपाली ठिटोज लगायतले सांस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा करिब १०० जना डिलर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।