प्रधानमन्त्रीलाई भट्टराईको आग्रह : ‘हठ होइन,बिनम्रता देखाउनूस’

प्रकाशित मिति:

साउन ९,बुटवल ।परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् ।
आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन लगाएको उल्लेख गरे । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिज्ञको प्रतिबेदनलाई लाइन बाइ लाइन छलफल गरेर निश्कर्षमा पुग्न जरुरी रहेको बताए ।‘डा केसीको अभियान एक्लो प्रयास होइन,नागरिक समाज छ,आम नेपाली जनताको समर्थनको बिषय हो ’उनले भने ।
भट्टराइ भन्छन्—‘सरकारले पावर अफ एरोगेन्सबाट मुक्त राख्नुपर्छ,लामोसमयपछि स्थिरतातर्फ छौं ,जनता खुसी र सुखी बनाउने नाराले मात्रै हुन्छ र ?’‘नेपालमा राजनीतिमा ठूलो रोग छ ,सरकारमा बस्दा एउटा कुरा,बाहिर बस्दा अर्काे कुरा गर्ने ,यस्तो प्रकारले बाहिर राष्ट्रको दृष्टिमा पनि मुलुकको इज्जत घटाइरहेको छ ।’
दक्षिण एसियामा सबैभन्दा बढि नेपालमा नीजी मेडिकल कलेज भएको भन्दै उनले अब यस्लाइ ब्यबस्थित गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री शुशील कोइराला र शेरबहादुर देउवाका सल्लाहकार समेत रहेका उनले भने—‘जनमत पाएको स्थिर सरकार पनि आत्मबिश्वास नभएको ब्यबहार गर्यो ।’
एकता प्रदर्शन गर्न नसके नेपाल,बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा
परराष्ट्रबिद समेत रहेका उनले सत्ताभित्र र बाहिर रहदा फरक चरित्र देखाउने परिपार्टीले नेपालीको सांख गिराउने काम गरेको बताए । ‘राष्ट्रिय सुरक्षा,राष्ट्रिय स्वार्थमा सबै एक हुनुपर्छ ,यी बिषयमा राजनीति गर्नु हुदैन’उनको भनाइ छ ।
नेपालको राजनीति नाजुक भएको भन्दै उनले एकता प्रदर्शन गर्न नसके नेपाल बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा रहेको औल्याए ।
उनले ओली सरकारलाइ जनतालाइ केन्द्रमा राखेर काम गर्न र सबै एककार भएर मात्रै समृद्धि आउने प्रष्ट पारे ।
‘सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन’
प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद बिष्णु पन्थीले मुलुकको निकासका लागि दलहरुले साझा धारणा बनाउने बताए ।
‘सरकारले रेगुलेट गर्ने हो, निश्चित प्रकृया पुर्याएर संचालन गर्न दिनेहो भने यो समस्या टुंगिन्छ ।’
‘डा केसी सुतेको अबस्थामा,धेरैले दोहोरो भुमिका खेले यो ठिक हुदै होइन ।’
पन्थीले भने—‘डा केसीको अनसन मनमोहन मेडिकल कलेजको बिरुद्धको हो , प्रकृयामा रहेका मेडिकल कलेजलाइ के गर्नु बरु पहिले नै रोक्नुपरथ्र्याे’
नीजि क्षेत्र राष्ट्रका सम्पत्ती हुन्,उनीहरु बिना नेपालमा समृद्धि सम्भब छैन भन्दै पन्थीले पूजीलाइ देशभित्र रोक्न,मेडिकल,कृषि,अस्पताल खोल्नुपर्ने बताए ।
तोकिएका मापदण्ड अनुसार संचालन गरे कुनैपनि समस्या नरहने उनको भनाइ छ ।
‘कांग्रेस आत्तिनुपर्दैन,लोकतन्त्रको गहना निर्बँचन हो प्रतिपक्षीले सरकारलाइ र देशलाइ रचनात्मक ढंगले सहयोग पुर्याउनुपर्छ ।’
‘सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन,लोकतन्त्र युगमा कसैको पनि सम्भब छैन ।’पन्थीले भने ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालले उठाएको मागलाइ ध्यान दिदै डा.केसी सत्याग्रहमा बसेको प्रष्ट पारे । माथेमा आयोगले स्वतन्त्र रुपमा प्रतिबेदन तयार पारेको भन्दै खनालले कतिपयको स्वार्थ नमिल्दा प्रतिबेदनमाथि नै आरोप लगाएको बताए ।
मनमोहन मेडिकल कलेजलाइ हुने समस्याका कारण सरकारले गलत ढंगले बुझेको बताए । डा केसी भन्दा पनि आयोगको प्रतिबेदनका बारेमा सरकारले धारणा राख्नुपर्नेमा जोड दिए ।
माथेमाको प्रतिबेदनको बारेमा राज्यको दृष्टिकोण आउनुपर्ने बताए । दीर्घकालिन लक्ष्य सहितको प्रतिबेदनलाइ कम आंकलन नर्गन उनको आग्रह छ । समाज बिभाजन भैरहेको भन्दै उनले धेरैले आफ्नो बिद्धता भन्दा पनि पार्टी राजनीति गरेको देखिएको बताए ।
‘जनताको आन्दोलनलाइ कम मुल्यांकन गर्ने लोकतान्त्रिक सरकार हुन सक्दैन ,समयमै चेत खुल्नुपर्ने बताए ।’ खनालले भने । सरकारलाइ जनताको कुरा र प्रतिपक्षिका कुरा सुन्नु उनको आग्रह छ ।
बरिष्ठ पत्रकार महेन्द्र थापाले डा गोबिन्द केसी गैर राजनीतिक माग बोकेर सत्याग्रहमा बसेको बताए ।
मानवअधिकारबादी नेता कृष्ण पहाडी र डा गोबिन्द केसी राष्ट्रका सम्पत्ती भएको भन्दै उनले उनीहरु एकाकार हुुनुमा सत्ताको कुनै स्वार्थ नरहेको प्रष्ट पारे ।क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।