सरस्वती माताको जनकपुरमा अपमान

प्रकाशित मिति:

बाघमा चढेकी महिलाको प्रतिमालाई सरस्वती माताको नाम दिएर जनकपुरधामका युवाहरुको एक समूहले पूजा गरेपछि आलोचना सुरु भइरहेको छ ।युवाहरुको जमातले बाघमाथी बसेकी सरस्वतीको हातमा ल्यापटप राखिदिएका छन् । स्थानीय जनक चोकमा बनाइएको बाघ चढेकी सरस्वतीको प्रतिमा अगाडि सेल्फी लिने युवाहरुको भिड लागेको छ भने बुद्धिजिवी एवं साँस्कृतिविदले हिन्दू धर्म एवं मिथिला साँस्कृति माथि खेलवाड भएको टिप्पणी गरेका छन् ।

विद्याकी देवी सरस्वतीलाई शान्त र सौम्य स्वभावको भनी हिन्दू धर्ममा वर्णन गरिएको छ । उनको वाहन हंसलाई भनिएको छ । तर, बाघमाथि सरस्वतीको प्रतिमा बसाइदिने, पूजामा भड्किला गीत घन्काएर अशान्ति मचाउनेजस्ता क्रियाकलाप विकृत मानसिकताको उपज रहेको नेपाली एवं मैथिली साहित्यका वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र विमल बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।