“भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुँने ” :उमाकान्त झा

प्रकाशित मिति:

बुटवल / प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाँले भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुँने बताउँनु भएको छ । प्रतिबद्धता अनुसार काम गरेर देखाउँनु पर्ने बताउँदै राज्यका महत्वपूर्ण निकायले पूर्ण रुपमा अनुगमन गर्नु पर्ने रहेको बताउँनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १८ औं स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाँले नागरिक समाज , पत्रकारहरु जागरुक बन्न सके भ्रष्ट्राचार न्युनिकरण हुने बताउँनु भएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई प्रभावकारी बनाउँनु पर्ने बताउँनु भएको छ । उक्त कार्यक्रममा बोल्दै उँहाले आयोगमा उजुरी बढ्दैमा भ्रष्ट्राचार बढेको मान्न नसकिने बताउँनु भएको छ । गलत नियतका कारणले उजुरी बढ्दा विकास निर्माणमा अवरोध सिर्जना भएको मुख्यमन्त्री पोखरेलले बताउँदै अब्यवहारिक कानुन निर्माणले गर्दा पनि भ्रष्ट्रचार बढेको बताउँनु भयो । .

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भ्रष्ट्राचारको मुल क्षेत्र पहिचानको आवश्यकता रहेको बताउँनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रमुख रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषाल , ज्ञानु पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका उपसचिब नारायण पाण्डेयले बाल्नु भएको थियो ।