आगालागीबाट करिब १५ लाखको क्षती एकको मृत्यू

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल, स्याङ्जा /स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ स्थित गाडखानीमा आगालागी हुदा ठुलो धनजनको क्षती सगैएकजनाको जलेर मृत्यू भएको छ । सोमवार विहान पख स्थानीय ५८ बर्षिय बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्कासी आगालागी हुदा उक्त घट्ना भएको हो । सोही घर कुरेर बस्ने बर्ष २८ को कृष्ण कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

आगालागी भएको थाहा हुने वित्तिकै नजिकै रहेको प्रहरी चौकीका प्रहरी र स्थानीय मिलेर अगो नियन्त्रणमा लिइएको भण्डारीले बताए । अगालागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाडावर्तन, सिमेन्ट, काठपात जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आगालागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षती भएको छ । मृतक कामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको बताइएको छ । आगालागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।