३६ बर्षपछि अभियुक्त पक्राउ

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल
स्याङ्जा/अंशबण्डा मुद्धामा जिल्ला अदालतले जरिवाना र २ बर्ष कैद तोकेको फरार अभियुक्त ३६ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २०३३ साल पुष २३ गते मुद्धा दर्ता भई २०३९ साल साउन १७ गते सो मुद्धा फैसाला भएको थियो ।

मुद्धा फैसला थाहा पाए लगत्तै फरार रहेका साविक श्रीकृष्णगण्डकी गाविस १ हाल श्रीकृष्णगण्डकी गाँउपालिका ५ बस्ने ७५ बर्षिय झिल्लुप्रसाद न्यौपानेलाई माघ २७ गते पक्राउ गरि जिल्ला अदालतमा पेश गरि कैद भुक्तानका लागि कारागार पठाएको सुचना अधिकारी नविनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले पछिल्लो समय अदालतबाट जरिवाना र कैद भुक्तान फैसालाका अभियुक्तहरुलाई धमाधम पक्राउ गरेको छ ।