थाइल्याण्डकी राजकुमारी प्रधानमन्त्री चुनावका लागि अयोग्य घोषित

प्रकाशित मिति:

थाइल्याण्डकी राजकुमारी उबोलरत्ना प्रधानमन्त्रीका लागि उम्मेदवारसमेत बन्न नपाउने हुनुभएको छ ।गएको शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।

थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षा चार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।