आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको २९ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको सप्तमी तिथि विहान ११.४ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र बेलुका ५.५४ बजेसम्म रहनेछ । आज शुक्ल योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६.४७ मा छ भने सूर्यास्त बेलुका ५.५१ बजे हुनेछ ।चन्द्रमा आज मेष राशिमा छन् । आज अचला सप्तमी तिथि हो । माघ शुक्ल सप्तमीलाई रथसप्तमी पनि भनिन्छ । आज सूर्य भगवान्को उपासना शुभ रहनेछ ।