वरिष्ठ नेता पौडेलको जिल्ला दौडाहा तिव्र

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला दौडाहा तिव्र गतिमा गरिराखेका छन्। वरिष्ठ नेता पौडेल दौडधुप हेर्दा आगामी पार्टीको महाधिवेशनमा नेतृत्व लिने मनसायले पौडेल विभिन्न जिल्लाको कार्यक्रममा हिडिरहेका प्रस्ट देख्न सकिन्छ। वरिष्ठ नेता पौडेल मंगलबार देवघाटधामको जारी विराट ज्ञानमहायज्ञ सहभागी हुने, फल्गुन २ गते चतराधाममा श्री राम तारकब्रम्ह महायज्ञमा सहभागी भै २ बजे सुनसरीको धरानमा नेपाली कांग्रेस सुनसरी जिल्ला स्तरीय कार्यकर्ता भेला सहभागी हुने फाल्गुन ३ गते मोरङ जिल्ला स्तरिय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सहभागी भै फागुन ४ गते राष्ट्रिय मगर संघको आयोजनामा प्रदेश न ४ गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने गृह जिल्ला तनहुँ आउने कार्यक्रम रहेको छ।