सार्वजनिक लेखा सभापतिमा काग्रेस नेता चौधरी

प्रकाशित मिति:

९ साउन, बुटवल । प्रदेश नं ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सासद तथा काग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन । मंगलवार समितिका लागि भएको मनोनयन दर्तामा सार्वजनिक लेखा समितिको सभापतिका लागि चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।
संसदीय समितिहरुमा सबै भन्दा शक्तिशाली समिति सार्वजनिक लेखा समिति मानिन्छ । यो समिति संसदीय मान्यता अनुसार प्रतिपक्षलाई दिने नीति छ । समितिमा रहने १३ सदस्य समितिका अन्य सदस्यहरुको भने निर्वाचन हुदै छ ।

त्यसै गरेर विकास समितिको सभापतिमा आशा स्वर्णकार र अर्थ समितिको सभापतिमा दधिराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन । सभापतिमा निर्वाचि भए पछि चौधरीले आफनो लागि यो अवसर र चुनौतीको घडी भएको वताए ।

नयाँ संरचना र नयाँ ब्यवस्थालाई सिस्टममा लैजान आबश्यक भएको बेला पाएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने बताए । यो मेरो लागि ठूलो अवसर हो, अवसर संगै चुनौती पनि छ, चुनौतीलाई पनि अवसरामा रुपान्तरण गरेर जिम्मेवारी पुरा गर्छु चौधरीले भने ।

प्रदेशको सार्वजनिक लेखाको विषयमा कार्ययोजना बनाएर अघि बढने बताए ।