पुरानो बुलेटको फस्ट लुक

प्रकाशित मिति:

काठमाडौ आगामी चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र हो, पुरानो बुलेट । चलचित्रको प्रमोशनमा व्यस्त निर्माण टिमले हालै सो चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । पत्रकार भीषण राईको डेब्यू निर्देशन रहेको यो चलचित्रका पोस्टरमा मुख्य भुमिकामा देखिन लागेका अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुलाई विशेष प्राथमिकताका साथ पोस्टरमा देखाइएको छ । पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल र जिन्स ज्याकेटमा देखिएका छन् । चलचित्रका अधिकांस भाग पुर्वी जिल्लामा खिचिएको थियो । यो चलचित्र यहि फेबु्रअरी २३ मा हङकङमा प्रिमियर गरिने निर्माण टिमले जानकारी गराएको छ । कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतको पनि अभिनय देख्न सकिनेछ । चलचित्र निकै दमदार वनेको अभिनेता अनुप विक्रम शाहिले बताए । उनले भने अघिल्ला चलचित्रको तुलनामा यो चलचित्रमा भिन्नै किसिमको मिहेनत र भुमिकामा दर्शकले देख्ख पाउनुहुनेछ । निर्देशक भीषणले सन्तोष राईसँग मिलेर यो चलचित्रको कथा तथा पटकथा लेखेका हुन् ।