दिपशिखाको हट ट्रेलर

प्रकाशित मिति:

काठमाडौ फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते सार्वजनिक प्रदर्शनमा आउन लागेको प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलरमा प्रेमभित्रको अनेक लिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको प्रेमलीलाको ट्रेलरमा अभिनेत्री दीपशिखा खड्का तथा अभिनेता अली खानबीचको मिलन बिछोडलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेत्री खड्काको दुई रूपसमेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीका रूपमा प्रस्तुत भएकी छिन् भने अर्कातिर अभिनेता मौसम खड्कासँग रोमान्टिक देखिन्छिन् ।