वडा स्तरबाटै प्रतिनिधि बन्न तयार छु : रामचन्द्र पौडेल

प्रकाशित मिति:

चितवन \ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनव शाखाले भरतपुर विमानस्थलमा आज ९मंगलबार० आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्यान्डेट बाट दायाबायाँ नगरेको स्पष्ट पार्दै पौडेल भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रतिनिधि छनौटको विधिबारे केन्द्रीय समितिमा बहस जारी रहेकाले हतारमा निष्कर्ष निकाल्नु गलत हुने तर्क गर्नुभयो । केन्द्रीय समितिमा प्रतिनिधि छनौटको विधिलाई लिएर पक्ष विपक्षमा तर्क वितर्क भएको स्वीकार गर्दै पौडेलले छिटै नै ठोस धारणा आउने विश्वास व्यक्त गर्नुभयो । नेविसंघका अध्यक्ष नैनसिंह महरले जिम्मेवारी पुरा गर्न नसकेर दिएको राजीनामालाई मुद्धा नबनाउन उहाँले असन्टुष्ट पक्षलाई आग्रह गर्नुभयो । संगठनको विधानअनुसार अव छिट्टै नै नेविसंघको रिक्तता पुरा गरिने भन्दै उहाँले अनावश्यक विवाद गर्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । विगतका दिनमा प्रदान गरिएका मनोनयन पत्रको वैधानिकता केन्द्रीय अध्यक्ष महरको राजीनामा संगै सकिएको पौडेलको भनाई छ । यस्तै फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले केपी ओलि नेतृत्वका सरकार गतिहिन बनेको आरोप लगाउनुभयो । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उहाँको दावि छ ।