देवदह मेलाको तयारी तिब्र, मेला सफल पार्न चरण चरणमा छलफल

२९ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
18 Shares


झविन्द्र देवकोटा ,बुटवल, २९ माघ । रुपन्देहीको देवदहमा लाग्न थालेको मेलाको तयारी तिब्र पारिएको छ । मेला सफल बनाउनका लागि विभिन्न चरणका छलफल तथा गोष्ठिहरु पनि गरिएको छ । फागुन १६ देखि २७ गतेसम्म हुन लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको दिन नजिकिदै गर्दा मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले स्थानीय संघसंस्थासँगको छलफललाई तिब्रता दिएको हो । छलफल कार्यक्रम अन्तरगत बाणिज्य संघले मंगलबार स्थानीय विभिन्न टोल विकास संस्थाका पदाधिकारी सँग छलफल गरेको हो । बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले मेला सफल बनाउनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यसैबीच संघले नगरभित्र रहेका पर्यटन समितिका संयोजकसँग तथा साँस्कृतिक उपसमितिले सांगितीक क्षेत्रमा रहेका ब्यक्तिसँग, प्रचारप्रशारका लागि स्थानीय युवासँग तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको छलफललाई मेला आयोजक मुल समिति तथा उपसमितिले छलफललाई तिब्रता दिएको हो । संघले विभिन्न समयमा स्थानीय सामाजिक तथा राजनीतिक संघसंस्थासँगको छलफललाई पनि निरन्तरता दिएको छ ।

उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो । फागुन १६ गतेदेखि लाग्ने मेलामा स्लो साईकल रेस, सिङ्गिङ आइडल, डान्सिङ आइडल, कपल डान्स, अन्तर आमा समूह लोक गीत प्रतियोगिता, अन्र्तर विद्यालय लोक गित प्रतियोगिता, खुल्ला लोक गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकरी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट